०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक जनचेतनामुलक पर्चा पम्पलेट विरण

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

सिरहा । सडक दुर्घटना बढ्न थालेपछि सिरहाका सडकमा चेकजाँचमा कडाइ गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी पोष्ट लहानको टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१ सिङ्ग्राहीमा रोकेर सुरक्षा तथा दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा संचालन थालिएको हो ।

राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयले जनाएको छ।

पूर्व पश्चिम लोकमार्गमा बिभिन्न सवारी साधनका ४५ जना चालक लगायत १२५ जनालाई सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा संचालन गरिनुको साथै १२५ थान ट्राफिक जनचेतनामुलक पर्चा पम्पलेट विरण गरिएको छ ।

सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा संचालन गरी चालक तथा सहचालकलाई सम्झाइबुझाइ गरी गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]