२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

चियापान कार्यक्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ४ जना युवा घाइते

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

महोत्तरी । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् ।

शुक्रबार सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको हो ।

महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउदै गरेका चार जना घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । शुक्रबार दिउँसो सोनमा गाउपालिकाको–८ स्थित श्री रारामावि सुकचैनामा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर आगो लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोनमा गाउँपालिका–८ का २५ वर्षीय सरोज कुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेश कुमार यादव र १७ वर्षीय सन्तोष पासवान घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घाइते ४ जनाको जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । ग्यास चुल्हा बग्रिएर घटना भएको प्रत्यक्षदर्शीहरुले बताएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]