२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्वास्थ्य चौकी बनाउन प्रमुख सचेतक अरगरियाले ४९ लाख दिने घोषणा

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

जनकपुरधाम।समाजवादी पार्टिका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं२ को सासंद उमाशंकर अरगडियाले जिल्लाको पूर्वी ग्रामिण कमला नगरपालिका वडा नं ६ मा हाल सम्म स्वास्थ्य चौकी नरहेकाले स्थानियहरुलाई प्रथमिक उपचारका लागि अन्त जानु पर्ने बाध्यता अन्त्य हुने भएको छ ।

कमला बचत तथा ऋण सहकारी संस्था लि. कमला नगरपालिका वडा नं.६ धनुषाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीको केन्द्रिय सदस्य एवम् धनुषा क्षेत्र नं.२ का सांसद ,प्रमुख सचेतक उमाशंकर अरगरियाले बचत ऋण सहकारी संस्थाको बिकास भयो भने यस भेगका जनताको आर्थिक सामाजिक बिकास जोड दिनु भयो । देशको बिकास हुनेछ । संस्थाको प्रगतिको कामना गर्दै दशै , दिपावली र छठ पर्वको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

कमला नगरपालिका वडा नं.६ स्थित अहिलेसम्म एउटा स्वास्थ्य चौकी नभएकोहुनाले तुरुन्तै उपस्वास्थ्य चौकीको व्यवस्था गर्नको लागि आफ्नो संसदीय बजेट रकमबाट ४९ लाख रुपैया दिएर यस वडामा स्वास्थ्य चौकी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

अध्यक्षता चुल्हाइ पासवानले गरेको थिए । कार्यक्रममा समाजवादी पार्टीको नगर अध्यक्ष मनिक लाल मण्डल , लक्ष्मेशवर यादव , त्रिलोक महतो , मोहन सढोक , छठु मण्डल लगायतका नेताकार्यकर्ता हरुको उपस्थिति थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]