२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

कपर्दी प्रतियोगिताको उपाधी सतोषर टिमको कब्जामा

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

जितेन्द्र अक्षत ,सबैला । खेल जगतमा ठूलै सम्भावना बोकेका धनुषामा कपर्दीको उपाधिमाथी सतोषर टीमले जित हासिल गरेका छन।

धनुषाको सवैला नगरपालिकाको केन्द्र सवैलामा हिन्दुहरुको महान चाड दशैंको उपलक्ष्यमा आयोजित प्रदेश नं.२ स्तरीय महिला तथा पुरुष खुल्ला कपर्दी प्रतियोगिताको उपाधीमाथी सतोषर सेवा समितिले पहिलो स्थान सहित कब्जा गरेको छ।तथा दोस्रो टीम बाल कृष्ण युवा क्लब गोबिन्दपुरले दोस्रो स्थान हासिल गर्न सफल भएका छन।

सेमि फाइनलमा क्रमशः सतोषरले बि टीम गोबिन्दपुरलाइ तथा गोबिन्दपुरले बि टीम सतोषरलाइ पराजित गर्दै फाइनल राउन्डमा एकआपसमा भिडेका थिए।

गुराँस युवा क्लब सवैलाका अध्यक्ष हरेराम यादवले खेल जगतमा अव्वल भुमिकामा रहेका खेलाडीहरुलाइ उत्साहित गर्न प्रत्येक बर्ष विभिन्न चाडपर्व तथा समयमा खेल गराइरहेको भएपनी अहिलेसम्म खेलाडीहरु राष्ट्रस्तरमा आफुलाइ चिनाउन नसक्नु र राष्ट्रले खेलाडीलाई उचित सहयोग ब्यबस्थापन नगरेको प्रती दुख व्यक्त गरे।

बिजेता खेलाडीहरुलाइ नेकपा युवा नेता जगदीश यादव तथा हरिकिशोर यादवले शिल्ड,तक्मा र नगद सहित सम्माम गर्दै खेललाइ पेशा बनाए मात्र सफल हुन सक्ने निर्देशन दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]