२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दलित छात्रालाई प्रदेश सांसद साहले गरे आर्थिक सहयोग

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

जितेन्द्र अक्षत ,सबैला।शिक्षाको स्तरले न्यून र पहुचको चपेटामा समेत कमजोर रहेका दलित छात्रालाइ शिक्षामा स्तर उच्च र शैक्षिक दृष्टिकोणले शिक्षित तुल्याउन प्रदेश सभा सांसदले आर्थिक सहयोग सहित मनोबल उच्च बनाउन बिशेष योगदान पुर्याएको छ।

जिल्लाको धनुषा १ (क) बाट निर्वाचित साविक एमाले तथा हाल नेकपा प्रदेश सभा सांसद किशोरी साह कमलले एक दलित छात्रा राधा कुमारी महरालाई SEE पश्चात् थप उच्च शिक्षा आर्जन हेतु एच. ए. पढ्न ब्यक्तिगत तर्फबाट नगद रु.चालिस हजार सहयोग गरेको हो।

छात्रा राधा महरा २०७५ को SEE परिक्षामा श्री सरस्वती माध्यमिक बिधालय ठिल्ला सवैला बाट दोस्रो उच्च ७७.५ प्रतिशत अंक ल्याइएकि थिइन भने पहिलो अमिस महराले ७८.७५ % सहित उत्तीर्ण भएको थियो।

दशैंको उपलक्ष्यमा मनोकामना युवा क्लबद्वारा आयोजित खुल्ला क्रीकेट टुर्नामेन्टको शनिवार समापन कार्यक्रमको बिच उक्त सहयोग कार्यक्रम समेत गरिएको छ।समापन कार्यक्रममा प्रथम जनकपुर टिम र दोस्रो भारतको उमगाउ टिमलाइ नगद,प्रमाणपत्र र शिल्ड सहित सम्मानित गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]