१३ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
×

प्रदेश २ : नक्कली प्रहरी घुमुवाको बिगबिगी , दुई पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । प्रदेश २ मा २ दिन भित्र २ जना नक्कली घुमुवा प्रहरी पक्राउ परेका छन।

धनुषा जिल्लाको सीमावर्ती डेवडिहा नाकामा नक्कली घुमुवा प्रहरीसहित सक्कली घुमुवा हवलदारले अवैध असुली गरेको घटनामा १७ राउण्ड अश्रुग्यास प्रहार भएको थियो ।

आफूलाई घुमुवा प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिदैं रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको हो ।धनुषाको मिथिला विहारी नगरपालिका १० ठेरा बस्ने २७ बर्षीय विश्वनाथ साह पनि नक्कली प्रहरी बनेर रकम असुलीमा लागेपछि पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनलाई धनुषाको विदेह नगरपालिकाबाट नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउने सर्वसाधारणहरुलाई सादा पोशाकको प्रहरी भनेर चेकजाँच गर्ने र रकम माग्ने गरिरहेको पाइएपछि शुक्रबार उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी मुजेलियाले जनाएकोछ ।उनले प्रयोग गर्ने प्रदेश २–०३–००४ प २६०५ नम्बरको मोटरसाइकल, मोवाईल तथा अन्य सामग्री समेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट महोत्तरीकै लोहारपट्टी नगरपालिका वडा नं। ९ खुट्टा पिपराढी बस्ने जयप्रकाश मण्डललाई पक्राउ गरिएको छ । २८ बर्षीय मण्डलले आफू नेपाल प्रहरीको घुमुवा रहेको भन्दै सिमावर्ती क्षेत्रमा व्यापारीहरुसँग रकम असुली गरिरहेका थिए । उनलाई बुधबार पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]