२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रदेश २ : नक्कली प्रहरी घुमुवाको बिगबिगी , दुई पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । प्रदेश २ मा २ दिन भित्र २ जना नक्कली घुमुवा प्रहरी पक्राउ परेका छन।

धनुषा जिल्लाको सीमावर्ती डेवडिहा नाकामा नक्कली घुमुवा प्रहरीसहित सक्कली घुमुवा हवलदारले अवैध असुली गरेको घटनामा १७ राउण्ड अश्रुग्यास प्रहार भएको थियो ।

आफूलाई घुमुवा प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिदैं रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको हो ।धनुषाको मिथिला विहारी नगरपालिका १० ठेरा बस्ने २७ बर्षीय विश्वनाथ साह पनि नक्कली प्रहरी बनेर रकम असुलीमा लागेपछि पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनलाई धनुषाको विदेह नगरपालिकाबाट नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउने सर्वसाधारणहरुलाई सादा पोशाकको प्रहरी भनेर चेकजाँच गर्ने र रकम माग्ने गरिरहेको पाइएपछि शुक्रबार उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी मुजेलियाले जनाएकोछ ।उनले प्रयोग गर्ने प्रदेश २–०३–००४ प २६०५ नम्बरको मोटरसाइकल, मोवाईल तथा अन्य सामग्री समेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट महोत्तरीकै लोहारपट्टी नगरपालिका वडा नं। ९ खुट्टा पिपराढी बस्ने जयप्रकाश मण्डललाई पक्राउ गरिएको छ । २८ बर्षीय मण्डलले आफू नेपाल प्रहरीको घुमुवा रहेको भन्दै सिमावर्ती क्षेत्रमा व्यापारीहरुसँग रकम असुली गरिरहेका थिए । उनलाई बुधबार पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]