२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

प्रमुख सचेतक अरगरियाले दिए भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देशन

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

न्यूजमधेश समाचारदाता , जनकपुरधाम।समाजवादी पार्टीका प्रमुख सचेत उमाशंकर अरगरियाले भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देश दिएका छन।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा .३ मा शनिबार शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक अरगरियाले भने देशमा भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले देशमा ब्याप्त अराजकता बिरुद्ध लड्दै सुशासन कायम गरि संघीयता बचाउने दाइत्व समाजबादी पार्टीको समेत रहेको उल्लेख गर्दै नेता कार्यकर्तालाई भ्रष्टाचार विरुद्ध अभियान चलाउन आग्रह गरे ।

समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो।विशिष्ट अतिथिमा समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल ,समाजवादी पार्टी प्रदेश २ का सचेतक तथा प्रदेश सभा सदस्य सांसद शैलेन्द्र यादवको उपस्तिथि रहेको थियो।

अतिथिमा समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादव,समाजवादी  युवा संघका सचीव अशोक कुमार मण्डल ,जनकनन्दनी गाउँपालिका वडा नं.५ का वडाध्यक्ष अशोक मण्डल ,वडा नं.६ का वडाध्यक्ष बिक्रम यादव,समाजवादी पार्टीका नेता अब्दुल शेख,विजय पासवान,अशोक शर्मा,इन्द्र कुमार कापर सहितका नेताहरुले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थियो।

उक्त कार्यक्रममा जनकनन्दनी गाउँपालिका वडा नं.३ का दशर्त ठाकुर सुनार र हनिफनी खातुनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन।स्थानीय नेता शुर्यनारायण ठाकुरको अध्यक्षतामा शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रम सप्पन्न भएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]