२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

श्यामसुन्दर यादव,राजविराज। चिकित्सकहरु जिम्मेवार नरहेको भन्दै विरामीका आफन्तहरुले सोमबार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदर्शन र तोडफोड गरेका छन् ।

अस्पतालमा विहानदेखि दिउँसो २ बजेसम्म पनि विरामी चेकजाँच गर्न चिकित्सक नआउँदा उनीहरु आक्रोशित बनेका हुन् । आक्रोशित विरामीका आफन्तहरुले प्रदर्शन गर्दै डा. ज्ञानेन्द्र झा र डा.प्राणेश यादवको विरामी जाँच गर्न बस्ने कोठामा रहेको सरसमान तोडफोड गरेका छन् ।

टाढा–टाढादेखि जाँच गराउन आएका विरामीहरु विहानैदेखि प्रतिक्षारत रहेको विषयमा अस्पतालमा प्रशासनलाई जानकारी गराउँदा समेत वेवास्ता गरेकाले बाध्य भएर प्रदर्शन गर्नु परेको उनीहरुको भनाई छ ।
तोडफोडका कारण कोठामा रहेको झ्याल, ढोका, कुर्सी, टेबुल लगायतका सरसमानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । उनीहरुको प्रदर्शनले अस्पताल तनावग्रस्त हुँदा केही बेरसम्म उपचार सेवा समेत प्रभावित भएको थियो ।

सोही क्रममा प्रदर्शन तथा तोडफोडमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका–१ का गुञ्जन झालाई अस्पतालमा तोडफोड गर्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदर्शन र तोडफोडमा संलग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन खोज्दा अवस्था साम्य भएको हो ।
यता, अस्पताल अस्पतालले भने डा. झा विदामा रहेको तथा अस्पतालमा उपस्थित रहेका डा.यादव सो बखत ईमेरजेन्सिका विरामीलाई जाँच गर्न गएको दावी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]