२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

श्यामसुन्दर यादव,राजविराज। चिकित्सकहरु जिम्मेवार नरहेको भन्दै विरामीका आफन्तहरुले सोमबार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदर्शन र तोडफोड गरेका छन् ।

अस्पतालमा विहानदेखि दिउँसो २ बजेसम्म पनि विरामी चेकजाँच गर्न चिकित्सक नआउँदा उनीहरु आक्रोशित बनेका हुन् । आक्रोशित विरामीका आफन्तहरुले प्रदर्शन गर्दै डा. ज्ञानेन्द्र झा र डा.प्राणेश यादवको विरामी जाँच गर्न बस्ने कोठामा रहेको सरसमान तोडफोड गरेका छन् ।

टाढा–टाढादेखि जाँच गराउन आएका विरामीहरु विहानैदेखि प्रतिक्षारत रहेको विषयमा अस्पतालमा प्रशासनलाई जानकारी गराउँदा समेत वेवास्ता गरेकाले बाध्य भएर प्रदर्शन गर्नु परेको उनीहरुको भनाई छ ।
तोडफोडका कारण कोठामा रहेको झ्याल, ढोका, कुर्सी, टेबुल लगायतका सरसमानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । उनीहरुको प्रदर्शनले अस्पताल तनावग्रस्त हुँदा केही बेरसम्म उपचार सेवा समेत प्रभावित भएको थियो ।

सोही क्रममा प्रदर्शन तथा तोडफोडमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका–१ का गुञ्जन झालाई अस्पतालमा तोडफोड गर्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदर्शन र तोडफोडमा संलग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन खोज्दा अवस्था साम्य भएको हो ।
यता, अस्पताल अस्पतालले भने डा. झा विदामा रहेको तथा अस्पतालमा उपस्थित रहेका डा.यादव सो बखत ईमेरजेन्सिका विरामीलाई जाँच गर्न गएको दावी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]