२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

विमानस्थल तोडफोड गर्ने राजपा सांसद पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

न्यूजमधेश समाचारदाता ,काठमाडौ ।जिल्ला अदालत धनुषाद्वारा विमान स्थल स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्ने प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई पक्राउ गनए आदेश जारी भए लगतै काठमाडौ विमान स्थलबाट पक्राउ परेका छन् ।

विमान स्थलमा तोडफोड गर्न सांसद साह विरुद्ध नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । सो जाहेरीपछि सांसद साहलाई पक्राउ गर्न धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालय र जिल्ला अदालत धनुषालाई आग्रह गरेको थियो ।

पक्राउ परेको भन्ने कुरा सांसद साहले आफ्नै फेसबुकको वालमा स्टटस विमान स्थलबाट समातियो भन्ने करा लेखेका छन् । हुनत प्रहरीले समाचार लेख्दासम्म पुष्टि गरेको छैन ।

सोमवार दिउंसो सांसद साहले विमान ढिलो भएको भन्दै बुद्ध एअरको काउण्टरमा तोडफोड गरेपछि उनलाई विमानमा कर्मचारीले रोक्न खोज्दा कर्मचारीमाथि हातपात समेत गरेको आरोप रहेको उनीमाथि आरोप रहेको छ ।

सो घटनापछि नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा विमान संचालनमा बाधा अवरोध र तोडफोड भनी गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जाहेरी दर्ता गराएको थियो ।

सो उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान पछि स्थानीय अदालतमा फौजदारी अभियोग अन्तर्गत मुद्दा चलाइने छ । उनी दोषी ठहर भएपछि तोडफोड अन्तर्गत नष्ट भएको सामानको बिगो सहितको भरपाई सहित एकवर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान संचालनमा वाधा पुरयाएको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

कानूनमा के छ व्यवस्था ?

सो ऐनको अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ । त्यसैगरी विमानस्थल सुरक्षा विरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका संचार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जिवनोउद्धार, सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धी अन्य यन्त्र उपकरण , धावन मार्ग, धावन मार्ग तर्फ जाने टेक्सी वे, विसान, वायू यान राख्ने स्थान आदी वा सो सम्बन्धी मालसमान कुनै प्रकारले पूर्ण वा आंशिक रुपमा विगारे, भत्काए, क्षती पुर्याए, वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिनेछ ।

सो किसिमको अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्ष देखि ५ वर्ष सम्म कैद हुने व्यवस्था छ ।

सो ऐन अन्र्गत अपराध गर्नेलाई नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्ने छन् र निजहरुले पक्राउ गरी सकेपछि तुरुन्त प्रहरीलाई बुझाइ दिनुपर्ने छ ।

हवाई उडान कार्यसँग सम्बन्धित कुनै पनि कर्मचारी विमानस्थलमा सरकारी वा गैरसरकारी कर्मचारी हवाई यात्रु लगायत कुनै पनि व्यक्तिलाई हातहतियार लिइ वा नलिइ डर, धम्की, प्रलोभन वा कब्जामा लिई अन्य कुनै किसिमबाट हवाई उडान संचालन तथा बाधा उत्पन्न गराउने कार्य गरेकोमा हवाई यातायातसंग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराध मानिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]