१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सांसद साह पक्राउको विरोधमा बुद्ध एयरको कार्यलयमा तालाबन्दी,पत्रकार माथी दुर्ववहार

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

न्यूजमधेश समचारदाता,जनकपुरधाम । सांसद प्रमोद साह पक्राउ परेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले बुद्ध एयरको कार्यलयमा तालाबन्दी गरेको छ।

फोटो: सिबेन्द्र रोहिता

यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले आज बिहान १० बजे जनकपुरको कदम चौक स्थित रहेको बुद्ध एयरको कार्यलयमा राजपा नेपाल प्रदेश २ का प्रमुख सचेतक एवम् प्रदेश सांसद प्रमेश्वर साहको नेतृत्वमा ताल्चा लगाएको छ।उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झाको उपस्थिति समेत रहेका थियो।

यसैबीच समाचार संकलन गर्न पुगेका अप्पन टिभी पत्रकार संजय साह र टिभी टुडेका पत्रकार कुलदिप दास प्रेमीलाई प्रहरीले दुर्ववहार गरेको छ।

उनीहरुले बुद्ध एयर र सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपा सांसद साहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]