२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

यामाहाको भिक्ट्री योजनामा विजेतालाई एक लाखको चेक हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

मनोज बनैता, लाहान। यामाहाको भिक्ट्री योजना अन्तर्गत विजेतालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

पुरस्कार प्राप्त गर्ने ग्राहक सप्तरी कडरबोना निवासी जहिरा खातुन हुन । यामाहा मोटरसाइकल तथा  स्कुटरका लागि यस क्षेत्रका अधिकृत विक्रेता एस एस अटो सेन्टर लहानमा विजया दशमीको शुभ अवसर पारेर यामाहा भिक्ट्री योजना अन्तर्गत सप्तरी कडरबोना निवासी मोहम्मद जाविद राइनले आफ्नो पत्नी जहिरा खातुनको नाममा यामाहा एस जेड आर मोटरसाइकल खरिद गरेका थिए ।

यामाहा भिक्ट्री योजनाको पहिलो लक्की ड्र अन्तर्गत उनी प्रदेश २ को   पहिलो विजेता भएकी छिन । उनलाई  एक कार्यक्रमका बीच एस एस अटो सेन्टर लहानका संचालक संजिव साहको उपस्तिथिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको हात बाट एक लाखको चेक हस्तान्तरण गरिएको छ।

यामाहा स्कुट र मोटरसाइकल खरीद गर्ने लाई हरेक दिन गरिने लक्की ड्रबाट एक लाख नगद जित्ने मौका रहेको एस एस अटो सेन्टर लहानका संचालक संजिव साहले जानकारी दिए । साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगितामा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ।

यामाहाको शोरुममा बाइकको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई विजेता  बन्न दिनहु सयौंको संख्यामा ग्राहक भ्रमण गरिरहेको सन्चालक साहले बताँउछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]