२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

भत्ताको रकम विपन्न समुदायमा बाँडने वडा अध्यक्ष चौधरी माथि झुठो मुद्दा दायर

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

मनोज बनैता, लाहान, २ कार्तिक ।  लहान २० का वडाध्यक्ष गणेशकुमार चौधरीलाई जिल्ला अदालत सिरहाले पक्राउ पत्र आएको सूचना प्राप्त भएको छ । अदालत बाट आएको पत्र  ईलाका प्रहरी कार्यालय लहान ले बुझेको खुलासा भएको छ ।

वडाध्यक्ष चौधरी माथि  लहान २० स्थित रहेको हनुमान मन्दिर तोडफोड र मन्दिरका दलित पुजारी श्रीप्रसाद महाराजलाई जातीय भेदभाव गरेको आरोप छ ।  ०७५ कात्तिक ११ गते उक्त मन्दिर तोडफोड गरिएको थियो । वडाध्यक्ष चौधरीमाथी धर्म सम्बन्धि कसुर र जातीय भेदभाव गरेको कसुरमा मुद्दा दर्ता भएको जानकारीमा आएको छ ।
वडाध्यक्ष चौधरीको अनुसार  ‘सरकारी  वकिलमा मुद्दा गइसकेको छ । यो प्रहरीको नभई अदालतको सरोकारको विषय हो । उनले स्पष्ट रुपमा भने कि ‘देशको न्यायीक ब्यवस्थालाई म सम्मान गर्छु तसर्थ अदालतले जे निर्णय गर्छ, त्यो शिरोधार्य हुनेछ । ‘
अध्यक्ष चौधरीको अनुसार मन्दिर भत्काउन मेयरकै निर्देशन र लहान नपाको नगरप्रहरी प्रमुख शम्भु बस्नेतको नेतृत्वमा जेसिबी लगाई मन्दिर भत्काईएको हो ।  मुद्दा व्यक्तिगत रिसिबिका कारण वडाध्यक्ष जस्तो सम्मानित ब्याक्तित्वको राजनैतिक छवि धमिल्याउन लगाइएको हो ।

वडा २० का स्थानीयका अनुसार अध्यक्ष चौधरी एक क्षमतावान विकासप्रेमि नेता हुन जसले भत्ता को रकम समेत विपन्न दलित समुदायको बच्चाहरुको पढाईलेखाईमा तथा टियुसन कक्षा चलाउनमा खर्च गर्ने गरेको छ । उनीहरुको दावी छ कि भावी लहान नगरका मेयरका दावेदार २० का वडाध्यक्षलाई राजनीति छवि गिराउनलाई यस्तो गतिविधि गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]