१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण तालिम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

जनकपुरधाम । टिम नेपो र एस टुगेदर वे कानको संयुक्त आयोजनामा प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण एक दिने तालिम सम्पन्न भएको छ।

जनकपुरमा मोडल मल्टिपल कलेजको सभा गोबिन्द्र साहको अध्यक्षतामा एक दिने प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपाका महिला नेतृ जुलि महाशेठले प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण तालीमको उदघाटन गरेका हुन।त्यसैगरी विशिस्ट अतिथीमा मोडल मल्टिपल कलेजका संचालक बिरेन्द्र साह ,अतिथीमा तरुण दलका धनुषाको उपाध्यक्ष राकेश बिक्रम साह लगाइतको उपस्थिति रहेको थियो।

सो तालिममा प्रदेश २ का आठ ओटै जिल्लाबाट १५० भन्दाबढी युवायुवतीहरुको उपस्थिति रहेको टिम नेपो प्रदेश २ का अध्यक्ष चुडामणिा यादवले बताएको छ।

प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण एक दिने तालीम दिनको लागी प्रशिक्षक निगम पौडेलले तालिम दिएको छ।तालिमको अन्तमा सहभागी सबै जनालाई प्रमाणपत्र समेत दिएको छ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]