१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु ,एक जना घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

राजेन्द्र महतो,लहान।पुर्व-पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार नगरपालिका वडा नं.४ मैना बती पुल नजिकै ट्रयाकटरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको प्रदेश -२-०२-००१ त ०४४६को १ क २४१७ नम्बरको ट्रयाकटरले बिपरित दिशाबाट जादै गरेको स ११ प ४६३७नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक गोलबजार नगरपालिका -१२ का १८ वर्षिय दुर्गेश मुखिया को मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मुखिया गम्भीर घाइते भएपछी उनलाई उपचारको लागि गोलबजार को एक अस्पताल मा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटो मा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी निरीक्षक खगेन्द्र एकतेनले बताएका छ्न।

सोही दुर्घटना मा मोटर साइकल पछाडि सबार गोलबजार नगरपालिका – १२ कै कृष्ण मुखिया गम्भीर घाइते भएका छ्न।उनको बिराटनगर स्थित बिराट नर्सिङ होस्पितलमा उपचार भइरहेको छ।ठक्कर दिने ट्रयाकटर र चालक प्रहरी को नियन्त्रण मा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]