१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

तलब नपाएको भन्दै शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

जनकपुरधाम । बिगत कयौं महिनादेखी तलब नपाएको भन्दै शिक्षकहरुले धनुषाको सबैला नगरपालिकामा तालाबन्दी गरेको छ।

पटक पटक तलब निकासाको मांग गर्दै आएका शिक्षकहरुले दिपावली समेत नजिक आइसकेपनि तलब पाउंदा आक्रोशित शिक्षकहरुले आइतवार सबैला नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

शिक्षकहरुले चाँड तिहारको बेलामा पनि नगरपालिकाले तलब दिन आनाकानी गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए । जिल्ला प्रसशान कार्यालय धनुषाले नगरपालिका प्रमुखलाई तत्काल तलब व्यवस्था गर्न निर्देशन दिएपनि हालसम्म उनीहरुलाई तलब उपलब्ध गराइएको छैन ।

गत ३÷४ दिनअघि नेपाल शिक्षक संघ, अखिल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संघ, एकीकृत अखिल शिक्षक संगठन र मधेशी शिक्षक फोरम लगायतका शैक्षिक संगठनहरुका प्रतिनिधिहरुले शिक्षकहरुलाई तीन दिनभित्र तलब उपलब्ध गराउन ज्ञापन पत्र बुझाउंदै आग्रह गरेपनि नगरपालिकाका मेयर विजय शंकर साहले बेवास्ता गरेका छन् ।
सो नगरपालिकामा रहेका ५ वटा मावि र ३७ वटा प्रावि सहितका करीब दुई÷अढाई शिक्षकहरु तलब खानबाट वंचित रहेका छन । तिनीहरुलाई साउनदेखि हालसम्मको तलब उपलब्ध गराइएको छैन । तलब उपलब्ध नगराएसम्म नगरपालिकामा तालाबन्दी जारी राख्ने चेतावनी शिक्षकहरुले दिएका छन ।

यता मेयर साहसंग सम्पर्क गर्दा पन्छिदै भने शिक्षकहरुको के कति तलब बांकी रहेको भन्ने बारे आफूलाई थाहा छैन, उपसचिव राजेन्द्र सहनी शिक्षा सम्बन्धमा सबै हेर्दै आएकोले उनलाई थाहा होला ।
लोकपुकारसँग कुरा गर्दै एक शिक्षकले तलबको लागि विद्यार्थीलाई पठन पाठनमा कुनै समस्या नहोस भने उद्देश्यले विद्यालय बन्द नगरी नगरपालिकामै तालाबन्दी गरेको भने ।

उनले तलब नपाएको कारण सबैले विजयादशमी पर्व मनायो तर आफू मनाउन पाएन अब दिपावली र छठ पर्व पनि नजिक आइसक्यो के गर्ने बाध्य भई नगरपालिकामै तालाबन्दी गर्नु परेको भन्दै दुखेसो पोखे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]