१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

धनुषा क्षेत्र नं.२ का जनतालाई शिक्षामा जोड दिन प्रमुख सचेतक अरगरियाको आग्रह

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

जनकपुरधाम।धनुषाको विदेह नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

समाजवादी पार्टीको नगर अध्यक्ष दिव्यादेवी दास अध्यक्षतामा र पार्टीका संघीय दलका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम सम्पन्न भएको छ। समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले अहिले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ।

कार्यक्रममा सहभागी र क्षेत्रबासीलाई आउदो दिपावली ,छ्ठपर्व र कार्तिक पुर्णिामाको शुभकामदा दिँदै उनले भने उनले यस क्षेत्र सडक निर्माण, शिक्षा र स्वास्थयमा समेत पछाडी परेकाले यसमा जोड दिने प्रमुख सचेतक अरगरियाले क्षेत्रबासीलाई शिक्षामा जोड दिन आग्रह समेत गरेका हुन।

कार्यक्रमका अतिथिमा पार्टीका केन्द्रीय सदस्य अरुण सिंह थिए । जिल्ला सदस्य दिनकर यादव,कमला नगरपालिकाका नगर अध्यक्ष मनिकलाल मण्डल ,औरही गाउपालिकाका अध्यक्ष कमलदेव मण्डल ,जिल्ला सदस्य मुनेश्वर मण्डल ,इन्द्रनारायण मण्डल ,रमेश्वर यादव ,राजपा धनुषा क्षेत्र नं.२ का अध्यक्ष रामसागर महतो,जय नारायण साह लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी उतिमलाल मण्डल ,लालबाबु यादव,जगदिस पण्डित ,मोल्हु मण्डल ,प्रमोद कुमार मण्डल ,सरोज मण्डल लगाइतका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]