२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

ड्रग्समुक्त सिरहा अभियानमा लागेका सिरहा प्रहरी आफैं ड्रग्सले लठ्ठ

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

मनोज बनैता, लाहान, ४ कार्तिक ।  सिरहालाई लागू औषध मुक्त गर्ने अभियानमा लागेका सिरहा प्रहरीका हवल्दार सहित दुई जना लागू औषध सेवनकै कारण फन्दामा परेका छन । प्रतिबन्धित लागुऔषध सेवन गरेका हवल्दारसहित २ जनालाई ईलाका प्रहरी कार्यालय कचनारीले पक्राउ गरेका छन ।

ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत हवल्दार सुरेन्द्र राम र लहान नगरपालिका १९ का विरेन्द्र महतोको छोरा लगभग वर्ष २५ का रामशंकर महतो पक्राउ परेका हुन् । हवल्दार रामको दरबन्दी गुल्म २ जनकपुर गणमा रहेको सूचना आएको छ ।

प्राप्त सुचना अनुसार भारतको लोकहा बजारवाट लागुऔषध सेवन गरी सिमावर्ति क्षेत्र नर्गी चौकमा प्रहरी हवल्दार राम र साहले भारतबाट समान ल्याउनेसँग रकम माग्दा स्थानीयबीच विवाद भएको थियो । सोही क्रममा उनी दुवै जनालाई पक्राउ गरिएको कचनारी प्रहरीले जनाए ।

दुवै जनालाई प्रहरीले हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]