१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा संचालन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

जनकपुरधाम। बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा संचालित कार्यक्रम धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक विद्यालय यदुकूहामा सोमबार सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा कार्यक्रममा बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा विद्यार्थी बालक्लब, अभिभावक र विभिन्न गैर सरकारी निकायको सहयोग आवश्यक रहेको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी उपनिरिक्षक दिपक बाबु केसिले बताएको छ।

कार्यक्रमलाई सजिकरण गर्दै बलराम कापरीले बालबिबाहका कारण धेरै किशोरीहरुको मृत्युु समेत भैसकेकाले सो रोक्न सबै एकजुट हुन आवश्यक रहेको सहभागी विद्यार्थीहरुलाई जनकारी दिएका हुन।

उनले सामाजिक कुरिती, आर्थिक अभाव र चेतनाको अभावका कारण नै बालविवाह हुने गरेको बताउदै कापरीले विद्यार्थीलाई समयमै चनाखो हुनुपर्ने बताएका छ्न।

समग्र जन उत्थान केन्द्र लाहन,भिएसओ ,इन्टरनेसनल अलर्ट र ईलाका प्रहरी कार्यलय यदुकूहाको सहकार्य कार्यक्रम भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]