२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

दलित जनमत संघ सिरहा गठन,अध्यक्षमा पासमान

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

मिर्चैया । डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ सिरहा जिल्ला स्तरीय संतोष पासमानको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिती गठन भएको छ।

मंगलबार सिरहा जिल्लाको मिर्चैया नगरपालिका वाड नं.६ स्थित रहेको योग भवन हावा महलमा कारीराम पासमानको अध्यक्षतामा दलित जनमत संघ सिरहा गठन भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज राजकुमार यादव र बिशिष्ट अतिथिमा दलित जनमत संघ धनुषाको अध्यक्ष रघुबिर दास र जनमत पार्टी मिर्चैयाका नगर संयोजक पटवारी ठाकुरको उपस्तिथिमा कार्यक्रम भएको छ।

कार्यक्रममा जिल्ला भरका सयौंको संख्यामा दलित ,अल्प संख्यक ,पिछ्डा वर्ग,सिमान्तक्री वर्गहरुको अगुवा नेता तथा सर्व साधारणहरुको उपस्थिति रहेको युवा नेता हरि पासमानले जनकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]