०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

दलित जनमत संघ सिरहा गठन,अध्यक्षमा पासमान

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

मिर्चैया । डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ सिरहा जिल्ला स्तरीय संतोष पासमानको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिती गठन भएको छ।

मंगलबार सिरहा जिल्लाको मिर्चैया नगरपालिका वाड नं.६ स्थित रहेको योग भवन हावा महलमा कारीराम पासमानको अध्यक्षतामा दलित जनमत संघ सिरहा गठन भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज राजकुमार यादव र बिशिष्ट अतिथिमा दलित जनमत संघ धनुषाको अध्यक्ष रघुबिर दास र जनमत पार्टी मिर्चैयाका नगर संयोजक पटवारी ठाकुरको उपस्तिथिमा कार्यक्रम भएको छ।

कार्यक्रममा जिल्ला भरका सयौंको संख्यामा दलित ,अल्प संख्यक ,पिछ्डा वर्ग,सिमान्तक्री वर्गहरुको अगुवा नेता तथा सर्व साधारणहरुको उपस्थिति रहेको युवा नेता हरि पासमानले जनकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]