०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

घटनामआलमको संलग्नता पुष्टि हुने प्रमाण थपिँदै, विस्फोटपछि शव तथा घाइते इँटाभट्टामा ओसार्ने ट्रयाक्टर भेटियो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०५, २०७६

सुरेश यादव,रौतहट । जिल्लाको राजपुरमा १२ वर्षअघि भएको बमकाण्ड हुँदै नभएको कपोल्कल्पित आरोप लागेको जिकिर गर्ने प्रतिनिधिसभा सदस्य अफताव आलमले अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने अडान लिएका छन् ।

हुँदै नभएको घटनामा आफुलाई मुछेर राजनीतिक प्रतिशोध साँध्न प्रहरी प्रयोग भएको आरोप लगाउँदै आलमले कुनै हालतमा पोलिग्राफ जाँचमा संलग्न नहुने अडान लिएका हुन् । “हुँदै नभएको घटनाको अनुसन्धान गर्ने बहानामा एक हप्तादेखि मलाई प्रहरी नियन्त्रणमा राखिएको छ,” आलमलाई उद्धृत गर्दै बमकाण्ड सम्बन्धी मुद्दाको अनुसन्धान कार्यमा सहभागी एक प्रहरी अधिकृतले भने, “नचाहिने विषयमा जाँच गर्न भनेको पोलिग्राफमा म किन बोल्ने ?”
नेपालमा आम निर्वाचनको परिपाटी सुरु हुँदादेखि नै एकल प्रभाव रहेको क्षेत्रमा आफुमाथि आरोप लागेको जस्तो बुथ कब्जा गर्नका लागि बम बनाउनुपर्ने कुनै आवश्यक्ता नरहेको जिकिर गर्दै आलमले बाह्रखरीसँग भने, “त्यो क्षेत्रमा २०१५ साल, २०४८ साल र २०५१ सालमा मेरा काका इद्रिस आलमले चुनाव जित्नुभयो । २०५४ साल, २०५६ साल, २०६४ र २०७४ सालमा लगातार मैले जित्दै आएको छु । मैले बनाउन लगाएको बम पड्किएर मानवीय क्षति भएको भए मैले ०६४ सालको निर्वाचनमा १२ हजार मतान्तरले विजयी हुन्थेँ ?”

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका उमेदवारसँग पराजित कांग्रेस नेता आलमलाई २०७४ सालको निर्वाचनमा पनि समाजवादी पार्टीकै उमेदवारसँग संघर्ष गर्नुपरेको थियो ।

संविधानसभाबाट संविधान जारी भएपछि भएको पहिलो निर्वाचनमा समान्य मतान्तरले विजयी आलम २०६४ सालमा तत्कालीन एमालेका उमेदवारलाई १२ हजार मतान्तरले पराजित गरे । त्यसअघि भएको २०५६ सालको निर्वाचनमा उनी जिल्लामै सर्वाधिक मतान्तरले विजयी भएका थिए ।

घटनामा आलमको संलग्नता पुष्टि हुने प्रमाण थपिँदै

प्रथम संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाउने क्रममा भएको विष्फोटमा घाइते भएर पनि ज्यान जोगाउन सफल सर्लाही, गोरैता नगरपालिका –२ निवासी सफी अहमदले पनि आलम विरुद्ध जाहेरी दर्ता गराएका छन् । पेटको विभिन्न भागमा बमको छर्रा लागेर घाइते भएका अहमद घटना ढाकछोप गर्न जिउँदालाई समेत इँटा पकाउने भट्टीमा हाल्ने योजना बनिरहँदा भागेर ज्यान जोगाएका हुन् ।

भारत, बिहारको मोतिहारीमा गएर चार लाख रुपैयाँ खर्च गरी करिब साढे तीन महिनासम्म उपचार गराएका अहमद पक्राउ पर्नुअघिसम्म आलमविरुद्ध बोल्ने हिम्मत गर्न सकेका थिएनन् । आलम पक्राउ परेको केही दिनपछि अहमद आफैँ जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेर उनीविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी जाहेरी दर्ता गराएको प्रहरीले जनायो ।

गत असोज २६ गते राजपुरबाट जिल्ला सदरमुकाम गौर आउने क्रममा पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री आलमविरुद्ध अहमदले दर्ता गराएको कर्तव्य ज्यान तथा विष्फोटन पदार्थसम्बन्धी प्रहरी प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढिरहेको छ । यसअघि २०६५ वैशाख १८ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको श्रीनारायण सिंह राजपुत तथा रुक्साना खातुनको जाहेरी आधारमा आलमलाई पक्राउ गरिएको हो ।

असोज २६ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिन थुनामा राखी घटनाको अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले आइतबार थप चार दिनको लागि म्याद थप गराएको छ ।

बम विष्फोटनमा ज्यान गुमाउने यमुनामाई नगरपालिका –४ का पिन्टुका बाबु श्रीनारायण र ओसी अख्तरकी आमा रुक्साना खातुनले घटनालगत्तै आलम विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले उनीहरुको जाहेरी अस्वीकार गरिदिएपछि हुलाकमार्फत दर्ता गराइएको श्रीनारायण सिंहले बताए ।

घटनाताका नै आलमको समर्थनमा उत्रिएका तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेले हुलाकमार्फत आएको जाहेरीलाई फितलो बनाएर सरकारी वकिल कार्यालय पठाएको आरोप पीडित परिवारको छ । सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन इन्कार गरिदिएपछि उनीहरु पुनरावेदन अदालत, महान्यायाधिवक्ताको कार्यालयहुँदै सर्वोच्च अदालत पुगे र १२ वर्षपछि आलम पक्राउ परेका छन् ।

शव तथा घाइते ओसार्ने ट्रयाक्टर पनि भेटियो

मृत्यु तथा घाइते भएकाहरुलाई रातारात इँटाभट्टामा पुर्‍याउन प्रयोग गरिएको ट्रयाक्टर सोमबार प्रहरीले बरामद गरेको छ । ना १ त ६४७२ नम्बरको उक्त ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजना अन्तर्गत नै अफतावका भाई महताव आलमले २०६७ असार २३ गते अर्कालाई बेचिदिएका रहेछन् । २०५७ जेठ २४ गते महतावकै नाउँमा खरिद भएको सोही ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरुलाई हालेर इँटाभट्टामा लगिएको थियो ।

इँटाभट्टासमेत घटनासँग जोडिएका अन्य स प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरक चर्चा हुन थालेपछि त्यसलाई पनि बेचिदिएक प्रहरीले जनायो । रौतहट, देवाहीगेनाह नगरपालिका – २ करुनीया निवासी उमाशंक साहको नाउँमा कायम गरिएको ट्रयाक्ट नम्बर प्लेट मेटेर प्रयोग गरिदै आएको थियो सोमबार साहकै घरबाट उक्त ट्रयाक्टर बराम गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]