१५ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
×

डा सीके राउतले जनकपुरमा पार्टी कार्यलय उदघाटन गर्ने

Logo
प्रकाशित मंगलबार, कार्तिक ०५, २०७६

जनकपुरधाम। जनमत पार्टी (जपा)का धनुषा जिल्ला समन्वय समिति बैठकसंगै पार्टी कार्यलय उदघाटन गर्ने भएको छ।

जपा धनुषा जिल्ला समन्वय समितिको बैठक संगै कार्यलय उदघाटन हुने जपाका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी दिए।

कार्तिक ७ गते बिहिवार दिनको ११ बजे जनकपुरको रामनन्द चौकस्थित पार्टी कार्यालय उदघाटन गर्नका लागी प्रमुख अतिथिका रुपमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले आउने भएको जपाका केन्द्रिय सदस्य यादवले बताए ।

उक्त कार्यक्रममा सहभागी हुनको लागी जिल्लाभरका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]