२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

नेकपा पार्टी शक्तिशाली भएको देखेर प्रतिक्रियावादी शक्तिहरु षडयन्त्र गरिरहेको : मन्त्री महासेठ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०५, २०७६

संजय साह,जनकपुरधाम।संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेकपा पार्टीलाई शक्तिशाली भएको देखेर विभिन्न प्रतिक्रियावादी शक्तिहरु विभिन्न षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

धनुषाको मिथिला विहारी नगरपालिकाको सदरमुकाम तारापट्टी सिरसियामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेकपाको शतिm देखेर अतालिएकाहरु अध्यक्षद्वय केपि शर्मा ओली र प्रचण्ड बिच झगडा लगाउने काम भइरहेको बताएका छन् ।

मन्त्री महासेठले अझै पनि एमाले र नेकपा करण गरेर पार्टी विगार्ने काम भइरहेको प्रती आपती जनाएका छन् । कार्यक्रता र नेताहरुको भिडभाड देखिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अन्य नेताहरुले समेत पार्टीलाई तहसनहस पार्ने प्रतिक्रियावादीहरु संग सचेत रहन सवैलाई आग्रह गरेका थिए ।

नेकपाका धनुषा जिल्ला इनचार्ज श्रवण यादव बरबरियाले पटक पटक पार्टी बदलेर नौटङ्की गरि पार्टीको हितमा काम नगरेकाहरुलाई जनताले चिनिसकेको बताए । उनले जनयुद्व गरेर आएका समुहलाई व्यवस्थापन गर्दा गलत सोच भएकाहरुको टाउको दुखेको बताए ।

कार्यक्रममा नगरपालिका प्रमुख अनिल यादवका साथै नेकपाका सांसद एवम नेताहरु रामचन्द्र मण्डल, योगनारायण यादव, राजकिशोर यादव सहितकाले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]