२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

एकाएक अमेरिकन आर्मी किन आए नेपाल ?

Logo
प्रकाशित मंगलबार, कार्तिक ०५, २०७६

काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्।

नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक अधिकारीबीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ।

जंगी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारीबीच छलफल हुनेछ। शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनलगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ।

प्रतिआतंकवादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए। सहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ। नेपाली सेना र अमेरिकी सेनाले गर्दै आएको सैनिक कारवाही (मिलेटरी अप्रेसन) का विषयका बारेमा अनुभव आदन प्रदान हुनेछ। अमेरिकी सेनाले नेपाली सेनाालाई गर्दै आएको सहयोगका बारेमा समेत छलफल हुनेछ।

अघिल्लो वर्ष जेठ २३ बाट दुई दिनसम्म पहिलो पटक ल्याण्ड फोर्स टक सञ्चालन भएको थियो। अहिले हुन लागेको त्यसको दास्रो संस्करण हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]