२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सिरहामा विभिन्न मुद्दाका फरार ५ जना अभियुक्त पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०५, २०७६

मनोज बनैता ,लाहन।सिरहाबाट कुटपिट ,चोरी र लेनदेन गरि तिनवटै मुद्दामा संग्लन ५ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका २ का ६२ वर्षीय धनिकलाल महरा, वडा ९ का ६२ वर्षकै रामचन्द्र गडेरी, वडा १९ का २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा ७ का वर्ष २६ का बालकृष्ण मुखिया र वडा ५ की ६० वर्षीया लखिपत देवी साह छन् ।

पक्राउ परेकाहरुमध्ये महरा र मुखिया कुटपिट मुद्दाको फरार प्रतिवादी, गडेरी चोरी मुद्धाको फरार प्रतिवादी, बाल कृष्ण मुखिया र लखिपत देवी साह लेनदेन मुद्दाको फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

सिरहा प्रहरीले विशेष सूचनाको आधारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार विहान घरबाटै उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई आजै जिल्ला अदालत सिरहामा पेश गरिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]