२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

छठका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय

Logo
प्रकाशित बुधबार, कार्तिक ०६, २०७६

सोलिन्द्र चौधरी , महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

दस नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको मनरा गाउँपालिका–१ का डोम रुदल मल्लिकले बताउनुभयो ।

छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरीलगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउने भएकाले आफूहरूले छठ पर्वका बेला ती भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको जलेश्वर–२ का रामजी डोमको भनाइ छ ।

गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मे हम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको महोत्तरीको विकट लोहारपट्टि नगरपालिकाकी ७० वर्षीया बुधनी डोमिनले बताउनुभयो ।

डालो बुन्दै गरेकी जिल्लाको एकडारा गाउँपालिकाकी ५० वर्षीया रुक्मिनीया डोमिनले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको बताउनुभयो ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ ।

त्यसैगरी जिल्लाको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु २० देखि ४० हजार र प्रत्येक परिवारले सरदर रु तिन लाखसम्म आम्दानी गर्ने गरेको बताए ।

अहिले जिल्लाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन् ।

दिनदिनै छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याईनभ्याई भएको उनीहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]