०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरीय अस्पताल बनाउने : मन्त्री यादव

Logo
प्रकाशित बुधबार, कार्तिक ०६, २०७६

जनकपुरधाम।समाजवादी पार्टीका केन्द्रिय कोषाध्यक्ष तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरको अस्पताल बनाउने प्रतिबद्धता जनाएको छ।

मंगलबार धनुषाको सहिदनगर नगरपालिकाको यदुकूहामा समाजवादी पार्टीका नगर कार्यसमितिले आयोजना गरेको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा समाजवादि पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरीय अस्पताल बनाउन प्रस्ताव राखेको थियो ।

उक्त प्रस्तावलाई मन्त्री यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरीय अस्पताल बनाउन उद्घोष गरेका छ्न।

समाजवादी पार्टीका नगर अध्यक्ष दिनेश यादवको अध्यक्षतामा राखेको शुभकामना अदानप्रदान कार्यक्रममा नेकपा पार्टी प्रतियाग गरि पाँचौ सय भन्दा बढीको संख्यामा नेता तथा कार्यकर्ताहरुले समाजवादी पार्टीमा प्रवेश गरेको छ।

नवप्रवेशीलाई आर्थिक तथा योजनामन्त्री यादवले पुस्पमला र अबिरलगाएर पार्टीमा स्वागत समेत गरेको थियो।

सो अवसरमा समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल ,प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव,प्रदेश सभा सदस्य राम आशिष यादव,प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव,जिल्ला समन्वय समितिका अध्यक्ष पशुपति यादव लगाइतले शुभ दिपावली ,छठ पर्व र कार्तिक पुर्णिामा समेतको शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]