२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्रदेशिक अस्पतालको लापरबाही : पुर्न एक सुत्केरी महिलाको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक ०६, २०७६

सन्तोष यादव,जनकपुरधाम । प्रदेशिक अस्पताल प्रदेश-२ मा डाक्टरको लापरबाहीले फेरि एक गर्भवती महिलाको ज्यान गएको छ। शहिद नगरनगरपालिका ९ का शम्भु यादवकी श्रीमती २५ वर्षीया प्रमिला यादवको अस्पतालमै बुधबार बिहान ज्यान गएको हो।

आफन्तका अनुसार कात्तिक १ गते अस्पतालमा भर्ना भएकी प्रमिलाको शल्यक्रियामार्फत बच्चा जन्मियो। बच्चाको अवस्था स्वास्थ्य रहेको छ। तर, आमा प्रमिलाको भने बुधबार मृत्यु भयो। शल्यक्रिया गरेकै बेला उनको अवस्था बिग्रेको थियो। तर, चिकित्सकले उनको आफ्न्तलाई अवस्थाबारे जानकारी गराएनन् ।

मृतककी ससुरा शम्भु यादवले डाक्टरले अप्रेशनमै लापरबाही गर्दा बुहारीको मृत्यु भएको बताए। उनले भने, ‘बच्चा जन्मेपछि अवस्था ठीक रहेको/नरहेकोबारे हामीलाई जानकारी दिएनन्। सोध्दा पनि अवस्था ठीक नरहेकोले आइसियुमा भर्ना गरिएको भनेको थियो। तर, आज मृत्यु भयो। जानकारी गराउँदा आश्चर्य लाग्यो।’

अंचल अस्पताल अहिले प्रादेशिक अस्पतालमा रुपान्तरण भएको छ। तर, पनि अस्पतालमा सुधार आउन सकेका छैन। यहाँ डाक्टरको लापरबाहीले प्रत्येक महिन २/४ बिरामीले ज्यान गुमाउने गरेका छन्।

तस्वीर खिच्न रोक

मृतक प्रमिलाको शवको तस्वीर र भिडियो खिच्नसमेत अस्पतालका डाक्टरले रोकेको थिए। डाक्टर सावन यादवले इन्चार्जलाई सोधेर मात्र तस्वीर खिच्न मिल्ने बताए। उनले इच्चार्ज संजय यादवलाई फोन गरेर पनि सोधे। तर, इन्चार्जले पनि तस्वीर खिच्न नदिने फोनमा आदेश दिए।

डाक्टर यादवले प्रमिलाको मृत्यु कसरी भयो भन्नेबारे पनि इन्चार्जले नै बताउने भन्दै पन्छिए। उनले भने, ‘उनको मृत्यु भएको बेला मेरो ड्युटी थिइनँ। यसबारे सबै कुरा इन्चार्जलाई नै थाहा होला।’ तर, घण्टौँसम्म इन्चार्जको बाटो पर्खेर बस्दा पनि उनी आइसियु कक्षमा आएनन्।

डाक्टरको बेवास्ता

प्रमिलाको मृत्यु किन भयो भनेर अस्पतालले उनका आफन्तलाई समेत जानकारी गराएका छैन। ससुरा शम्भु यादवले भने, ‘सबै डाक्टरलाई पालैपालो भनिसकेँ। तर, कसैले भनिरहेका छैन। एउटाले भन्छ त्यहाँ जाउँ। त्यहाँ गएपछि फेरि अर्को ठाउँमा पठाउँदा हैरान भएँ।’ डाक्टरले समेत वास्ता नगरेपछि शव दाहसंस्कारका लागि लग्न एम्बुलेन्स बोलाएको उनले पीडा पोखे।साभार: थाहखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]