२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

डा सीके राउतका चार कार्यकर्ताले पाए सफाई

Logo
प्रकाशित बुधबार, कार्तिक ०६, २०७६

राजबिराज । जिल्ला अदालत सप्तरीले डा सीके राउत नेतृत्वका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएका छ्न ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलसले तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएका हुन ।

अदालतले गठबन्धनका सुशिल मण्डल, श्यामकुमार यादव, सरोजकुमार यादव र अविनाश पण्डितलाई सफाइ दिएको छ।उनीहरुलाई सप्तरी प्रहरीले तिलाठी कोइलाडीबाट गत २०७५ माघ ५ गते फ्री मधेस लेखिएको ब्यानर सहित पक्राउ गरेको थियो ।

विद्यालय जाने उमेरका बालबालिकाहरुलाई प्रलोभन देखाई पोस्टर टाँस्ने कार्यमा सहभागी गराएको आरोपमा पक्राउ गरेको थियो।उनीहरुविरुद्ध सप्तरी प्रहरीले “बालबालिका ऐन २०७५” अन्तर्गत “बालबालिका दुरुपयोग कसुर”मा कारवाही गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]