१५ भाद्र २०८२, सोमबार
01-09-2025 , Mon
×

११ राष्ट्रसेवक सम्मानित

Logo
प्रकाशित बिहिबार, कार्तिक ०७, २०७६

विकाश साह,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ स्थित रामजानकी टेक्निकल इन्स्टिच्यूट, मिथिला टेक्निकल एकेडमी र रामजानकी कोचिङ सेन्टरले संयूक्तरुपमा आफ्ना पूर्वविद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

विहीवार आयेजित स्वागत तथा सम्मान कार्यक्रममा मिथिला टेक्निकल एकेडमीको पहिलो ब्याचबाट हेल्थ असिस्टेन्ट उत्तिर्ण गरी नेपाल सरकारको जागिर प्राप्त गर्न सफल भएका ११ जना पूर्वविद्यार्थीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा विमलराज विक्रम साह, विन्देश्वर साह, धर्मनाथ प्रसाद साह, गोविन साह, निक्की पाठक, निशु कर्ण,श्रुती कर्ण, रामनिवास यादव, संजय कुमार यादव (ए), रामकैलाश साह र संजय कुमार यादव (बी) रहेका छन् । कार्यक्रममा तीन वटै संस्थामा नयाँ भर्ना भएका १ सय २१ विद्यार्थीलाई प्रमुख अतिथि प्रा.डा. चन्द्रकिशोर सिंहले स्वागत समेत गरेका थिए ।

आयोजकको तर्फबाट बरिष्ठ शिक्षक रामबहादुर पण्डितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मिथिला टेक्निकल एकेडमी तथा रामजानकी टेक्निकल इन्स्टिच्यूटका प्रिन्सिपल शैलेन्द्र साह, रामजानकी कोचिङ सेन्टरका प्रिन्सिपल गणेश कुमार साह, शिक्षक ओम चौधरी, श्रीचन्द्र साह, राजु दास लगायत शैक्षिक क्षेत्रमा आबद्ध विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]