०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

भारतीय गाडीमा ल्याउदै गरेको ७७ किलो गाजासहित दुइ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, कार्तिक ०७, २०७६

रामु यादव,बारा । भारतीय गाडीमा ल्याउदै गरेको ७७ किलो गाजा सहित दुई जनालाई सशस्त्र प्रहरी बल कोल्हवीले नियन्त्रणमा लिएको छ।।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर–९ कञ्चनपुर टोल बस्ने बर्ष ४५ को गोपाल सहनी र आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–७ कोतवाली बस्ने बर्ष २४ को आजाद आलम रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए ।

बाराको रामवनबाट प्रसौना तर्फ आईरहेको बिआर ५३र६३८६ नम्बरको भारतीय बोलेरो गाडीमा ४ वटा बोरामा लुकाएर ल्याउदै गरेको गाडीलाई सशस्त्र प्रहरी बल कोल्हवीको सशस्त्र प्रहरी निरीक्षक नवराज सापकोटाको नेतृत्वमा रहेको टोलीले चेकजाँचको क्रममा बुधबार राती साढे ८ बजे करैयामाई गाउँपालिका वडा नम्बर–७ ढोढिया पिप्राटोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सहनी र आलम सहित गाजा, गाडीलाई आवश्यक कारवाहीको लागि बिहिबार बिहान ईलाका प्रहरी कार्यालय कोल्हवीको जिम्मा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]