१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

दोस्रो मिथिला कपको उपाधी बजाज युथ क्रीकेट एकेडेमी सप्तरीले जित्यो

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०८, २०७६

राजविराज । दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले उपाधी जितेको छ ।

रंजितपुर राईडर्सद्वारा आयोजित दोस्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी छिन्नमस्ता योंग ११ बरहीबिरपुरलाई हराउदै बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले कब्जा जमाएको छ ।

मबिव क्याम्पसको खेलमैदानमा संचालन भएको खेलमा बरहीबिरपुरलाई ७ बिकेटले पराजित गर्दै बजाज युथ क्रीकेट एकेडेमीले उपाधी माथी कब्जा जमाएको हो ।

बरहीबिरपुरले निर्धारित २० ओभरको खेलमा १ सय १६ रनको योगफल खडा गरेको थियो । जसमा बजाज युथले ७ विकेट्ले बिजय हासिल गर्दै उपाधी जितेको छ ।

प्रतियोगिता अन्तर्गत कुल १६ टिमहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेता टिम बजाज युथ क्रीकेटले नगद रु ५१ हजार र उपबिजेता बरहीबिरपुरले नगद रु ३१ हजार सहित ट्रफी प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]