२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

हनुमान जयन्तिको अवसरमा जनकपुरमा शोभा यात्रा

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

जनकपुरधाम।श्री हनुमान जयन्तिको अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।

आज हनुमान जयन्तिको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद जनकपुरधामले प्रत्यके वर्ष जस्तै यस वर्ष पनि जानकी मन्दिरवाट शोभायात्रा निकालेको छ ।

परिषदका अध्यक्ष शभ्मु साहले यस वर्ष सडक मर्मत भइरहेकाले रथ बिनानै शोभा यात्रा निकाल्नु परेको भन्दै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिला र जनकपुरवासीहरुलाई आग्रह गरेका छन् ।

उनका अनुसार जानकी मन्दिरवाट सुरु भएको शोभायात्रा विहार कुण्ड पुगेर कुण्डको परिक्रमा गर्नुका साथै जुगलजोडी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गरि हनु्मान जयन्ति मनाइने छ । बैण्डबाजा र झाँकी सहित निकालिएको सोभायात्रामा महिला, युवा, साधुसन्तहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]