३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

रुपन्देहीको खुनगाइमा जनमत पार्टीका शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

रुपन्देही । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१ स्थित खुनगाइमा जनमत पार्टीको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवले मधेसी, आदिवासी जनजाति, दलित समुदायको अधिकारको लागि लड्ने अव जनमत पार्टी मात्र रहेको दाबी गरेका छ्न।उनले अधिकार सुनिश्चितताको लागि उत्पीडित समुदायहरुलाई एकजुट भएर जनमत पार्टीमा आउन आग्रह गरेका थिए।कार्यक्रममा पार्टीका जिल्ला नेता चन्द्रशेखर बर्मा ,युवा नेता संजय कुमार मिश्र,सागर बर्मा, ओम प्रकाश यादव , सुनिल यादव र बिकास प्रसाद लोधसहित शुभकामना मन्तव्य राखेको थियो ।त्यसैगरी शिवचरन केवाट, कृष्न कोहर , गोविन्द धवाल र धर्मेन्द्र लोध लगाइतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रम संचालक रामकेश गुप्ताले जानकारी दिए।गुप्ताका अनुसार शुभकामना अदानप्रदान कार्यक्रम शिव शंकर कुर्मीको अध्यक्षतामा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]