२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर तनावमा उपेन्द्र यादव

Logo
प्रकाशित सोमबार, कार्तिक ११, २०७६

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थयमन्त्री उपेन्द्र यादव चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई समाजवादी पार्टी नेपालभित्र सरकार छाड्न दबाब परिरहेको छ ।

सरकार नछाडे अल्मपतमा परेर कारबाही हुने र त्यसले पार्टी विभाजनसम्म हुनसक्ने अवस्था बनेको छ । अध्यक्ष समेत रहेका यादवलाई अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले मात्र नभई उनकै विगतका सहयोगीले समेत सरकार छाड्न दबाब दिइरहेका छन् । सरकार छाडेर राष्ट्रिय जनता पार्टीसँग एकता गरी संविधान संशोधनका लागि दबाब दिने रणनीति एकाथरीले बनाइरहेका छन् । यादवले सरकार छाडेमा राजपा एकताका लागि तयार देखिएको छ ।

तर, सरकार छाडेमा उपेन्द्र यादव कारबाहीमा पर्नसक्ने सम्भावना हुनसक्छ । उनीमाथि २०६३ सालमा गौर ह त्याका ण्डमा संलग्न भएको पुरानो अभियोग छ । गौरमा माओवादी कार्यकर्ताको निमर्म ह त्या भएको घटनाको फाइल खोलिने डरले यादवलाई सताएको छ । गौर ह त्याकाण्ड को अनुसन्धान गरी दोषीलाई कारबाही गरिने उपप्रधानमन्त्री इश्वर पोखरेलले बोलिकसकेका छन् । पोखरेलले त्यत्तिकै बोलेका होइनन् । यो उपेन्द्र यादवलाई चेतावनी हो । सरकार छाड्दा गौर ह त्याका ण्डको मुद्दा उठ्ने डरले यादवलाई सताएको छ ।

यसअघि संविधान दिवस बहिष्कार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएपछि यादव देशबाहिर पुगेका थिए । सरकारमा बसेर संविधान दिवस बहिष्कारमा सहभागी भए कडा कदम चाल्ने चेतावनी दिएपछि यादव अमेरिका उडेका थिए । विभिन्न रणनीति चालेर सरकारमा रहिरहने गर्दै आएका यादव आपराधिक घटनामा संलग्नको अभियोगमा पक्राउ पर्नसक्ने भएकाले पनि निरिह बन्दै गएका छन् । उनी सरकार छाडे कारबाही र नछाडे पार्टी विभाजन हुनसक्ने भएकाले अप्ठ्यारोमा छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुँदै छ । नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ । बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत […]