२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

धनुषाको बरमझियामा भोली श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न डा सीके राउत आउदै

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०७६

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् वैज्ञानिक डा. सिके राउत विहिबार (भोली) धनुषाको बरमझिया आउने भएको छ ।

वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटनामा परी मृत्यू भएका स्वराजी (डा. सिके राउत निकट समर्थक तथा कार्यकर्ता) बिनोद यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न कार्तिक १४ गते बिहिबार धनुषाको बरमझिया आउन लागेको जनमत पार्टीका केन्द्रीय सदस्य एवम् गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष बसन्त कुशवाहाले जानकारी दिए ।

कुशवाहाका अनुसार गत असोज ११ गतेमै आयोजना गरिने भनिएको स्वराजी यादवको श्रद्धाञ्जली सभा बरमझियामा बर्षाका कारण स्थगित गरिएको थियो ।
गैर आवासीय मधेशी संघका सदस्य समेत रहेका यादवको सडक दुर्घटनामा सउदीको अल खर्जमा ४ जुलाई २०१९ मा उपचारको क्रममा मृत्यू भएको थियो । गणेशमान चारनाथ नगरपालिकाको बरझीया स्थित रहेको नहरचोक फुटबल ग्राउण्डमा विहिबार विहान ११ः३० बजे श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष कुशवाहाले दिएका छन् ।

वैज्ञानिक समेत रहेका डा. सिके राउतको आगमनपछि भारी सँख्यामा उनका समर्थक तथा उनलाई सुन्नको लागि पनि सर्वसाधारणहरु आउने बताइएको छ ।

गैर आवासीय मधेशी संघका सँस्थापक अध्यक्ष समेत रहेका डा. राउतले सउदी अरबमा सडक दुर्घटनामा मृत्यू भएका बीनोद यादवको परिवारप्रति सहानुभूति तथा गैर आवासीय मधेशी संघको तर्फबाट यादवको परिवारलाई राहत सहयोगको कार्यक्रम समेत रहेको जनाइएको छ । उनको मृत्यू पश्चात त्यहाँ स्थित रहेको राजदुतावासबाट गैर आवासीय मधेशी संघको सहयोगमा शव नेपाल ल्याइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुँदै छ । नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ । बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत […]