१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

उपप्रधानमन्त्री यादव र पर्यटनमन्त्री भट्टराई बोल्ने कार्यक्रममा जनता नै आएन

Logo
प्रकाशित बिहिबार, कार्तिक १४, २०७६

जनकपुरधाम । जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रम निकै रोचक बनेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ कार्यक्रममा जनता नै नआएपछि कार्यक्रम खल्लो बनेको छ ।

बिहीबार जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित समारोहमा संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अतिथि थिए । देशकै उच्च पदस्थ व्यक्तिहरू आएको कार्यक्रममा सर्वसाधारण भने आउंदै आएनन ।

सङ्घीय सरकारमात्र होइन त्यहाँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अन्य मन्त्रीहरु, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखहरु लगायत उपस्थित रहे पनि अतिथि, स्वयंसेवक तथा सुरक्षाकर्मी मात्र कार्यक्रममा देखिन्थे । मैदानमा बिच्छ्याएका खाली कुर्सी मात्र देखिने कार्यक्रम निकै लज्जास्पद देखिएको थियो ।

कार्यक्रममा धेरैजसो कुर्सी खाली नै थिए । जनता नै नदेखेपछि प्रमुख अतिथि यादवले सम्बोधन गरेर तुरुन्त निस्किए । उनीपछि मन्त्री योगेश भट्टराईले भने खाली कुर्सीकै अगाडी बोलेका थिए । मुख्यमन्त्री राउतको पनि त्यहि अवस्था भयो ।

सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको कार्यक्रम नै लज्जास्पद देखिन्थ्यो ।- हिमालपोष्ट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]