२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

छठ पर्वको दोस्रो दिन आज खरना मनाईदै

Logo
प्रकाशित शुक्रबार, कार्तिक १५, २०७६

जनकपुरधाम । सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ ।

जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । यस दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रत बस्नेले दिनभर उपवास बस्ने गर्दछन् ।

साँझ चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको खीरलाई ब्रत बस्नेले ग्रहण गर्छन् ।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व हिजो ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।

केही वर्षअघिसम्म मिथिलाञ्चलमा मात्र मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा भने काठमाडौं उपत्यकासहित पहाडि जिल्लामा पनि मनाउन थालिएको छ । पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।