१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

सिरहाको ईटहर्वा प्रा. वि. को अवस्था दयनिय बन्दै

Logo
प्रकाशित शुक्रबार, कार्तिक १५, २०७६

महेश सिंह , सिरहा । सिरहाको सखुनन्कारकट्टि गाँउपालिका ५ मा रहेको श्री आधारभुत विद्यालय इटहर्वाको अवस्था दयनिय भएको छ ।

विगत तिन चार महिना देखि प्र. अ. लखन मण्डललाई प्यारालाइसिस बिरामीले समातिए पछि वहाँ विद्यालयको लागि पुर्ण समय नदिईएको शिक्षिका विना कुमारी यादवले बताएकी छिन् । भौतिक संरचना दुरुस्त भए पनि शौचालयको अवस्था जिर्ण रुपमा देखियो ।

विधार्थीहरु खुल्ला ठाँउमा शौच गरे पनि हामी शिक्षिकाहरुलाई शौचालय जान कठिनाइ भइरहेको शिक्षिका यादवले गुनासो गरीन । यो विद्यालयमा कहिले पनि राम्रोसंग पढाइ हुदैन शिक्षकहरु समयमा आइदिदैन ।

शिक्षकहरु राजनितिक कुरा गर्छन । यसमा पहुचवाला शिक्षक रहेको र विद्यालयमा पढाइ नभएको स्थानिय युवा सन्तोष यादवले आक्रोस पोखे । विगत चार पाँच वर्ष देखि विद्यालयको हर हिसाव प्र. अ. ले नदिएको र विगत एक वर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेकोले विद्यालयको यस्तो दुरदसा भएको हो ।

शिक्षकलाई पढाउनु भन्दा उल्टै पावरको धाक लगाउने स्थानिय राप्रपाका नेता जिवछ मरवैताले गुनासो गरेका हुन् ।विद्यालयमा दुइ दरवन्दि शिक्षक, तिन बाल बिकास शिक्षिका र एक कार्यलय सहयोगी गरी जम्मा छ जना कार्यरत रहेका छन् । कक्षा तिनसम्म संचालन रहेको सो विद्यालयमा विधार्थी संख्या भन्न नचाहे पनि पुरै विद्यालयमा जम्मा जम्मी दश जना विधार्थीहरुको उपस्थिती देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]