१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सप्तरीको रुपनिमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २० जना घाइते

Logo
प्रकाशित शनिबार, कार्तिक १६, २०७६

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् ।

सो दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तीलक भारतीले जानकारी दिनुभयो ।

दुर्घटनापछि गम्भीर घाइते भएको न्यौपानेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइए पनि उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालय सप्तरी तथा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरीको टोली घाइतको उद्धारमा खटिएको थियो ।

काँकडभिट्टाबाट पश्चिम भैरहवातर्फ जाँदै गरेको लु१ख ८२१४ नंको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना८ ख५९०३ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]