१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

गैर आवासीय मधेशी संघ विभिन्न देशमा धुमधामको साथ मनाए छठ पर्व

Logo
प्रकाशित आइतबार, कार्तिक १७, २०७६

शिव कुमार पाल,दोहा कतार।विश्वको विभिन्न भागमा रहेका मधेशीहरुले मधेशको महान पर्व छठ धुमधामका साथ मनाएका छन। कतारको दोहामा २-३ नोभेम्बरको दिन होम साइड समुद्र तटमा र विश्वभरीमा मधेशीहरुले उत्साह पूर्वक छठ पर्व मनाएका छन ।

मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले अमेरिका, कतार, साउदी, दुबईलगायतका देशहरुमा छठ पर्व मनाएको हो।

कतारमा भएको छठमा मधेशीहरुको उलेख्य रुपमा सहभागिता रहेको जानकारी कतारको वरिष्ठ उपाध्यक्ष शिव कुमार पालले जानकारी गराउनु भो। कतारको दोहामा विशेष कार्यक्रम गरी एनआरएमएले छठ मनाएको छ भने अमेरिकामा पनि विशेष समारोहको आयोजना गरिएको थियो।

गैर आवासीय मधेशी संघका प्रतिनिधि हरु सुरेंद्र नारायण यादव, बीरेन्द्र कुमार शाह, बद्री यादव, चन्द्रबीर यादव, सरोज प्रसाद शाह, शिव कुमार पाल, राम नंदन गुप्ता, संजय शाह, राम जनम शर्मा, जीतेन्द्र कुमार महतो र संघका अन्य प्रतिनिधि सदस्य हरुको सहभागिता रहेको थियो। त्यस्तै कतारमा रहेका अन्य मधेशी संघ संस्थाका प्रतिनिधि हरुको पनि भारी संख्यामा सहभागिता रहेको थियो।

त्यस्तै साउदीमा रहेका एनआरएमएका सदस्यहरुले पनि छठ मनाएका छन् भने दुबईमा पनि छठ मनाइएको छ। तेस्सै गरि विश्वभरी रहेका एनआरएमएका साखा स्पेन, कुवैत, भारत, सऊदी अरबिया, सायप्रस ,चीन, मलेशिया, स्वीडन, ओमान, दक्षिण कोरिया, ऑस्ट्रेलिया, संयुक्त अधिराज्य र सिंगापुरको सदस्यहरुले पनि छठ मनाएका छन।

न्यूजमधेशसँग कुराकानी गर्दै एनआएएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाका अनुसार छठले मधेशका संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न छठ पर्व आयोजना गरिएको थियो । जसअनुरुप कार्यक्रमहरु सफल भएकोमा कुशवाहाले खुशी व्यक्त गरे र उनले छठलाई प्रोत्साहन गरेकोमा सम्पूर्ण शाखा तथा सदस्यहरुलाई धन्यवाद ज्ञापनसमेत गरे।

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यको पूजाआजा तथा अर्घ दिएर आफ्नो व्रत तोडेका छन्। उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व पनि समापन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]