२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

यि हुन सात नव नियुक्त प्रदेश प्रमुख , भोलि बिहान राष्ट्रपति कार्यालयमा सपथ हुने

Logo
प्रकाशित सोमबार, कार्तिक १८, २०७६

काठमाडौ । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा नामावली पठाएको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्ति गर्न राष्ट्रपति कार्यालयमा नाम सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

यसैगरी नवनियुक्त प्रदेश प्रमुखहरूको भोलि बिहान १०/ ११ बजे राष्ट्रपति कार्यालयमा सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]