२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

यि हुन सात नव नियुक्त प्रदेश प्रमुख , भोलि बिहान राष्ट्रपति कार्यालयमा सपथ हुने

Logo
प्रकाशित सोमबार, कार्तिक १८, २०७६

काठमाडौ । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा नामावली पठाएको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्ति गर्न राष्ट्रपति कार्यालयमा नाम सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

यसैगरी नवनियुक्त प्रदेश प्रमुखहरूको भोलि बिहान १०/ ११ बजे राष्ट्रपति कार्यालयमा सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]