२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मुख्यमन्त्री कार्यलयमा ताल्चा लगाउन गएका ४३ जना अस्थायी शिक्षक प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

न्यूज मधेश,जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताल्चा लगाउने भनि प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा पुगेका ४३ जना अस्थायी शिक्षकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

प्रहरीले मुख्यमन्त्रीको कार्यालयमा पुगेका अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ जना शिक्षकलाई नियन्त्रणमा लिएको हो।

कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक रामेश्वर कार्कीले बताए ।

सेवाबाट हटाउने निर्णय फिर्ताको माग कार्यान्वयनका लागि संघीय सरकारसँग पहल नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए । पक्राउ गरेपछि शिक्षकहरुले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका छन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बसेका छन् ।

सरकारले षड्यन्त्रपूर्वक शिक्षक सेवा आयोग दिन लगाएर अयोग्य बनाएको आरोप अस्थायी शिक्षकहरुको छ। विगतका सम्झौतालाई लत्याएर नयाँ विधेयक लागु गरेको पनि आन्दोलनरत शिक्षकहरूको आरोप छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]