१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

रास्ट्रपति भण्डारीले गराए नव नियुक्त सातै प्रदेश प्रमुखलाई सपथ ग्रहण

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

न्यूज मधेश,काठमाडौं । नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश सरकार प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएको थियो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।

७ प्रदेशका लागि पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए। विष्णु प्रसाईं (प्रदेश ३) सोमनाथ अधिकारी प्यासी (प्रदेश १) धर्मनाथ यादव (प्रदेश ५) गोविन्द कलौनी (कर्णाली प्रदेश) पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, (गण्डकी प्रदेश) तिलक परियार (प्रदेश २) र शर्मिला पन्त त्रिपाठी (सुदूरपश्चिम प्रदेश) पूर्व माओवादीका हुन्।

आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]