२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

मधेशकी छोरी डा.रश्मी शाहलाई नासाबाट सम्मानित

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा मधेशी मूलकी डाक्टर रश्मी शाह सम्मानित भएकी छन् ।

धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेका हुन ।सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आवद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गरिन्छ ।साहले नासामा आवद्ध भएको ५ वर्षमै अत्यन्तै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

साहले माटोको मोस्चर मापन, आद्रभूमि, हिउँको गहिराई र समुन्द्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् ।नेपालकी मधेशी महिलाले अमेरिकामा आएर यो उपलब्धी हासिल गर्नुलाई देश विदेशमा रहेका मधेशी बुद्धिजीबीहरुले बधाई दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]