२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेशकी छोरी डा.रश्मी शाहलाई नासाबाट सम्मानित

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा मधेशी मूलकी डाक्टर रश्मी शाह सम्मानित भएकी छन् ।

धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेका हुन ।सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आवद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गरिन्छ ।साहले नासामा आवद्ध भएको ५ वर्षमै अत्यन्तै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

साहले माटोको मोस्चर मापन, आद्रभूमि, हिउँको गहिराई र समुन्द्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् ।नेपालकी मधेशी महिलाले अमेरिकामा आएर यो उपलब्धी हासिल गर्नुलाई देश विदेशमा रहेका मधेशी बुद्धिजीबीहरुले बधाई दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]