२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

डा सीके राउतले मंसिर ७ गते काठमाडौमा आमसभा गर्ने

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम वैज्ञानिक डा सीके राउतले काठमाडौंमा पहिलो पटक आमसभा गर्दैछन्।

काठमाडौंको खुलामञ्चमा मंसिर ७ गते हुने आमसभालाई जनमत पार्टीले ‘रंगभेद विरुद्ध एकताका लागि’ भनेको छ । उक्त पार्टीले प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको दिवस मनाउँदै आएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आमसभाका लागि एक महिनादेखि तयारी भइरहेको छ भने सभामा मधेशका विभिन्न जिल्लाबाट समेत सहभागिता रहनेछ।

यसअघि डा राउतले २०६८ साल चैत्र १८ गते संघीय मोर्चाले आयोजना गरेको आमसभालाई खुल्ला मञ्चमा सम्बोधन गरेका थिए।

२०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएका राउतले आफ्नो नेतृत्वमा जनमत पार्टी गठन गरेका हुन्।साभार: नेपाल समय

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]