२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

डा सीके राउतले मंसिर ७ गते काठमाडौमा आमसभा गर्ने

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम वैज्ञानिक डा सीके राउतले काठमाडौंमा पहिलो पटक आमसभा गर्दैछन्।

काठमाडौंको खुलामञ्चमा मंसिर ७ गते हुने आमसभालाई जनमत पार्टीले ‘रंगभेद विरुद्ध एकताका लागि’ भनेको छ । उक्त पार्टीले प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको दिवस मनाउँदै आएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आमसभाका लागि एक महिनादेखि तयारी भइरहेको छ भने सभामा मधेशका विभिन्न जिल्लाबाट समेत सहभागिता रहनेछ।

यसअघि डा राउतले २०६८ साल चैत्र १८ गते संघीय मोर्चाले आयोजना गरेको आमसभालाई खुल्ला मञ्चमा सम्बोधन गरेका थिए।

२०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएका राउतले आफ्नो नेतृत्वमा जनमत पार्टी गठन गरेका हुन्।साभार: नेपाल समय

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]