२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मेयर महतोले गरे पेट्रोल पम्प र मन्दिर उदघाटन

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाको मेयर हरिनारायण महतोले पेट्रोल पम्प र हनुमान मन्दिर उदघाटन गरेका छ्न।

मिथिला नगरपालिका वडा नं.९ बरहरी बजारको उत्तर पट्टीको क्षेउमा रहेको जय बजरंग डिजल सेन्टर बुधबारदेखी सञ्चालनमा आएका हुन।भने सेन्टरको प्राङ्गणमै श्री हनुमान जीको मन्दिरमा मुर्ती स्थापित गरि आजै उदघाटन समेत गरेका हुन।

नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले मन्दिर र सेन्टरको उदघाटन गरेका छन् । नगरपालिका भित्र सडक विस्तारसंगै इन्धन विक्रेताहरुको समेत विकास र विस्तार भइरहेको भन्दै नगरप्रमुख महतोले विक्रेताहरुको सुरक्षा सहितको वातावरणका लागि प्रतिबद्ध रहेको बताए ।

मन्दिर र सेन्टर उदघाटनको अवसरमा हनुमान आराधना सहितको धार्मिक कार्यक्रमको समेत आयोजना गरिएको सेन्टरका सञ्चालक वेचन शर्माले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]