०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मृतक सादाको परिवारलाई सिडियो कणेलले गरे आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,जनकपुरधाम।धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि धनुषा जिल्ला प्रमुख प्रदीप राज कनेलले पीडित परिवारलाई एक लाख सहयोग गरेको छ।

गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर्खाल भत्किंदा पढिरहेकै अवस्थामा त्यसमा च्यापिएर स्थानीय जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार सदाकी अन्दाजी बर्ष ७ की चँचला सदा उपर पर्खाल ढल्दा उनको मृत्यू भएको थियो ।

सिडियो कनेलले बुधबार पीडित परिवारलाई जिल्ला प्रशासन कार्यलयमै बोलाएर स्थानीय मनोज कुमार साहको रोहबरमा जिल्ला विपत व्यवस्थापन समितिको कोषबाट एक लाख रुपैया सान्तावना स्वरुप हस्तान्तरण गरेको छ।

स्थानीय साहको अनुसार केहि दिन अगाडि धनुषाको जनकनन्दनी गाउपालिका वडा नं.४ स्थित रहेको मुसहर समुदायको बस्तीमा असहाय संरक्षण मन्च नेपालले छैठ पुजाको अवसरमा लुगा वितरण कार्यक्रम सिडियो कणेलले एक लाख दिने घोषणा गरेका थियो।

साहले असहाय संरक्षण मन्च नेपालको उपाध्यक्ष समेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]