२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

तीन हजार २ सय ५० अबैध गाँजाको बिरुवा फडानी गरी नष्ट

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

न्यूज मधेश ,सप्तरी । जिल्लाको विभिन्न खेतबारी तथा आगनमा उम्रिएको तीन हजार २ सय पचास अबैध गाँजाको बिरुवा फडानी गरी नष्ट गरेका छ्न ।

सप्तरी र सिरहाको विभिन्न खेतबारी तथा आगनमा उम्रिएको तीन हजार २ सय पचास अबैध गाँजाको बिरुवा फडानी गरी प्रहरीद्वारा नष्ट गरेका छ्न ।

ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रनानि वकिल ठाकुरको कमाण्डमा ५ जना र प्रहरी चौकी धातिँबाट प्रसनि नन्दलाल बैठाको कमाण्डमा ४ जना समेतको टोलिले जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.९ खैरबाना टोल स्थितमा अबैध रुपमा खेत बारीमा लुकाई छिपाई लगाएको अन्दाजी तीन सय गाजाँको बोट फडानि गरी स्थानिय बासीको रोहबरमा बिहिवार बिहान नष्ट गरिएको जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटीएको गस्ती टोलीले जिल्लाको धनगढीमाई नगरपालिका १२ स्थित अन्दाजी २ बिगा खेतबारीमा उम्रिएको दुई हजार एक सय पचास बोट गाँजाको बिरुवा फडानी गरी स्थानिय बासीको रहोवरमा बुधबार नष्ट गरिएको थियो ।

त्यस्तै बुधबार इलाका प्रहरी कडरबोना कार्यालयका कार्यालय प्रमुख प्र.नि.राम राजा केशरी र प्रहरी चौकी सिस्वाबेल्ही सप्तरीबाट प्र.स.नि.समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नं.१ धनगढी स्थित खेतबारीमा अबैध रुपमा लगाईएको आठ सय गाँजाको बोटहरु फडानी गरी सोही स्थानमा नष्ट गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]