०१ फाल्गुण २०८२, शनिबार
14-02-2026 , Sat
×

कोशी नदिमा मृत्यु भएका गोहि भेटियो

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

न्यूज मधेश,राजविराज । सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ ।

सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका वडा नं.१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

कोशी नदीमा मरेको अवस्थामा गोही फेला परेपछि स्थानीयवासीले देखेर इलाका प्रहरी कार्यालय भारदहका प्रहरीलाई खबर गरेका थिए । मरेको अवस्थामा भेटिएको गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यसैबीच चार महिनाको अवधिमा सप्तरी जिल्लाका विभिन्न नदी, पोखरीहरुमा करीब पाँचवटा अजिङ्गर (गोही) फेलापरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]