२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

डा राउत नेतृत्वको पार्टीले पनि उपनिर्वाचनमा भाग लिने

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

न्यूज मधेश,जनकपुरधाम।डा सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। जनमत पार्टीले संघ र प्रदेशसभा क्षेत्रका लागि भने उम्मेदवारी नदिएको उनले बताए।

‘चुनावमा जाने निर्णयअनुसार जिल्लाबाट कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न आह्वान गरेका छौं,’ खानले न्यूजमधेशसँग भने, ‘कात्तिक २५ गतेभित्र आकांक्षी उम्मेदवारको नाम पार्टीमा पठाइसक्नुपर्छ।’

स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

जनमत पार्टीले चुवाव जितिहाल्ने अपेक्षा नलिएको खान बताउँछन्। ‘हाम्रो पकड र बर्चश्व भएका क्षेत्र धेरै छैनन् तर जनताको मत लिनका लागि चुनावमा जाँदैछौं,’ उनले भने, ‘अहिले तयारी धेरै पुगेको छैन, अर्को चुनावमा पार्टीलाई जित्न सहयोग पुग्छ।’

उनले पार्टीबाट देशैभर रिक्त स्थानीय तह गाउँपालिका र वडाहरूमा उम्मेदवारी दिन लागेको उनले बताए।

मधेशलाई केन्द्र बनाएर छुट्टै प्रदेश माग राखेका सिके राउतले नेपाल सरकार सँग ११ बुदें सहमति गर्दै उहाले मूलधारको राजनीतिमा आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]